बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुर अपडेट: रेणु दाहाल ४ हजार मतले अगाडि

शुक्रबार, जेष्ठ ६ २०७९

काठमाडौँ – भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रतालाई बढाएकी छन्। हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन्।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन्। भरतपुरमा मतगणना जारी छ।