बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौँ सकियो झन्डै ७० हजार मतगणना, कसले कति पाए ?

शुक्रबार, जेष्ठ ६ २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् ।

बिहान ४ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत प्राप्त गरेका छन् ।