काठमाडौँ – कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार बढीको मतान्तर बनाएका छन् ।
६१ हजार ११२ मत गणना हुँदा आचार्यले २५ हजार २२६ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।