बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुरमा सुवेदीभन्दा रेनुलाई तीन हजार बढी मतको अग्रता

बिहिबार, जेष्ठ ५ २०७९

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता लिइएकी छिन् ।

नेकपा (एमाले) का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्तगरेकी छिन् ।

अहिले महानगरपालिकाको वडा नम्बर ९ र १० को मतगणना भइरहेको छ । 

प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ र राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

अहिलेसम्म अहिलेसम्म ३९ हजार ९ सय ४१ मत गणना भइसकेको छ ।