बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लालबन्दी नगलपालिकामा कांग्रेस विजयी

बिहिबार, जेष्ठ ५ २०७९

सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन् । उनले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी भएकी हुन् । उनले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गरिन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो ।  माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुढाथोकीले ६ हजार १७५ र  एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे ।