बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बालेनको मतान्तर १० हजारभन्दा माथि

बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

उनले प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी  नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिइरहेकी छन् ।

उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मत गणना कार्य भइरहेको छ ।