शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रोल्पा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा भेटिए

बिहिबार, जेष्ठ ५ २०७९

रोल्पा । रोल्पा कारागारमा गए राति एक पुरुष  कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।  

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।