बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अध्यक्ष ओलीको सक्रिय, दृढ र प्रभावकारी नेतृत्वका कारण नै पाँच दलीय गठबन्धन विरुद्धको यो जित सम्भव: विष्णु रिजाल

बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पाँचदलीय गठबन्धनका बाबजुद एमालेलाई यो नतिजा अध्यक्ष केपी शर्मा ओलीकै प्रभावकारी नेतृत्वका कारण सम्भव भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आज विहान यस्तो विचार व्यक्त गरेका हुन् । उनले ‘पाँचदलीय गठबन्धनको घेराबन्दी, पार्टी विभाजनको आलो मनोविज्ञान र सत्ताको चरम दुरुपयोगका बाबजुद स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले जुन जनमत प्राप्त गरेको छ, यो अध्यक्ष केपी शर्मा ओलीको सक्रिय, दृढ र प्रभावकारी नेतृत्वका कारण नै सम्भव भएको हो । यस तथ्यलाई बुझेरै हुनुपर्छ, टाउकोमा प्रहार गरेर शरीरलाई स्वतः शिथिल बनाउन सकिन्छ भनेर विरोधीहले नेकपा (एमाले)को नेतृत्वमाथि प्रहार गरिरहेका छन् ।’ लेखेका छन् ।

नेता रिजालले भनेका छन्- ‘निर्वाचनको अन्तिम परिणाम आउनै बाँकी छ । तथ्यांक अगाडि राखेर, सामूहिकरुपमा बसेर आत्मसमीक्षा गरिन्छ, उपलब्धिप्रति गर्व गरिन्छ, कमी–कमजोरी हटाइन्छ, लडेको ठाउँमा धूलो टक्टक्याइन्छ, प्रतिक्रियावादीहरुका षड्यन्त्रहरुलाई पराजित गरिन्छ र अध्यक्ष केपी ओलीको नेतृत्वमा नेकपा (एमाले) लाई मुलुकको पहिलो शक्तिका रुपमा स्थापित गरिन्छ ।’

साथै रिजालले अहिले गठबन्धन गरेर पनि एमालेलाई चाहे जसरी हराउन नसकेका कांग्रेस र माओवादी आउँदो चुनावमा पार्टी एकता गरेरै आएछन् भने पनि पराजित गरिने बताएका छन् ।