शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

समृद्धि फाइनान्सका ग्राहकले चितवनमा नेवारी खाजा छुट

बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौं – समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुल्हो (नेवारी खाजा घर) बिच सम्झौता भएको छ ।सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरुलाई खाना तथा पेय पदार्थमा पाँच हजार रुपैंयाँसम्मको बिलमा १० प्रतिशत र  पाँच हजार भन्दा माथिको बिलमा १२ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक बिकास सापकोटा र  भज्जु चुल्होका संचालक श्रीमति पार्वती श्रेष्ठले हस्ताक्षर गरेको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।