शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनले कटाए २० हजार मत

बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४८९ मत गन्दा बालेन साहले २० हजार ६७९ मत प्राप्त गरेका छन् ।

उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५७६ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ११ हजार १०३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९,५५६ मत प्राप्त गरेकी छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनले अहिलेसम्म २० हजार ७०३ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६,५३३ मत पाएका छन् ।