बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मर्जरको लागि तीन वटा बीमा कम्पनीहरुले पाए सैद्धान्तिक सहमती

बुधबार, जेष्ठ ४ २०७९

काठमाडौं – मर्जरको लागि तीन वटा जीवन बीमा कम्पनीहरुले सैद्धान्तिक अनुमती पाएका छन् । बीमा समितीले मंगलबार “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि. र युनियन लाइफ इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको जनाएको छ । 

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न पनि समितीले निर्देशन दिएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यस अघि,मिति २०७९/०१/२३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कं.लि. र एभरेष्ट इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएको समितीले जानकारी दिएको छ ।