शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा भिषण पहिरो

मंगलबार, जेष्ठ ३ २०७९

कारोबार रकम एक अर्ब ६४ करोडमा रुपैंयाँमा सिमित
काठमाडौं,
नेप्सेमा भिषण पहिरो गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आज मंगलबार पहिलो दिन खुलेको नेप्से ८४ दशमलव नौं अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा सिमित भएको छ । दुई सय २१ वटा कम्पनीहरुको ३३ हजार छ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैंयाँ कायम भएको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दशमलव ९५ अंकले घटेर १५ सय ५३ दशमलव २० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ४२ दशमलव पाँच अंकले घटेर २५ सय ५८ दशमलव ८२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि चार सय ८५ दशमलव ८१ अंकले घटेर नौं हजार आठ सय ७२ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि पाँच सय ९२ दशमलव ५९ अंकले घटेर ११ हजार तीन सय पाँच दशमलव नौं अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ ।