शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ढोरपाटनको मेयरमा एमालेका देवकुमार, उपमेयरमा कांग्रेस विजयी 

मंगलबार, जेष्ठ ३ २०७९

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपाली विजयी भएका छन् ।

उनका निटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र चन्द्र अर्याललाई ६०० मतान्तरले पराजित गरे । नेपालीले ५,७३५ मत ल्याएर विजयी बन्दा अर्यालले ५१३५ मत पाएका थिए ।
उपमेयरमा भने कांग्रेसका धनबहादुर कायत विजयी बनेका छन् ।  कायतले एमालेकी ताराकुमारी पुनलाई ७६६ मतान्तरले पराजित गरे । कायतले ५६५० मत प्राप्त गर्दा पुनले ४८८४ मत पाएकी छिन् ।

यहाँको वडा नम्बर १ मा नेपाली कांग्रेस, २ मा जनमोर्चा ३ मा एमाले ४ मा जनमोर्चा ५ मा एमाले ६ मा एमाले ७ मा जनमोर्चाका ८ मा माओवादी केन्द्र ९ मा एमालेका उम्मेदवार विजयी बनेका छन् ।