बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानल नै विजयी

मंगलबार, जेष्ठ ३ २०७९

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका १८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । 

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । 

अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।