भरतपुर । सर्वाधिक चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीबीचको प्रतिस्पर्धा निक्कै रोचक बन्दै गएको छ ।
सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवारबीच उछिनाउछिन चलिरहेको छ ।
आज बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता हासिल गरेकी छिन् ।
अहिलेसम्म १७ हजार ३४ मतगणना सकिँदा रेनुले ५७१८ मत पाएकी छिन् भने एमालेका सुवेदीले ५६८८ मत पाएका छन् ।
बागी उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत पाएका छन् ।
उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ६९८२ र राप्रपाकी हिमला गुरुङले ४६२८ मत ल्याएकी छन् ।
भरतपुरका २९ वटा वडा मध्ये अब २५ वटा वडाको मत गन्न बाँकी छ ।