बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अछामको कमलबजार नगरपालिकामा कांग्रेस विजयी

सोमबार, जेष्ठ २ २०७९

काठमाडौँ- अछामको कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् ।

४ हजार २८८ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याएर चुनाव हारेका हुन् ।

उपमेयर भने नेकपा एमालेले जितेको छ । एमालेकी शारदाकुमार बिष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा बाजी मारेकी छन् ।

कांग्रेसकी गौरी भण्डारी ३ हजार ६४८ मत ल्याएर उपमेयरमा पराजित भएकी हुन् ।