ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
जारी मतगणनामा नेकपा एमालेका रोहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नौ सय ७५ मत पाएका छन् ।
उपाध्यक्षमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन् ।
अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो ।