बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धुलिखेलमा स्वतन्त्र उम्मेदवार बस्नेतलाई पछि पार्दै एमाले उम्मेदवार ब्याञ्जुले बढाए अग्रता

आइतबार, जेष्ठ १ २०७९

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता बढाएका छन् ।

हिजो बेलुकासम्म स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेत भन्दा पछि रहेका ब्याज्जुले अग्रता बढाएका हुन् ।

ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् । नेपाली कांग्रेसका निराजन जंगम दोस्रो स्थानमा अघि बढ्दैछन् । उनले १ हजार २६२ मत ल्याएका छन् ।