बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौंमा सुनिता तेब्बर मतले अगाडि, गठबन्धनका रामेश्वर निक्कै पर छोडिए

आइतबार, जेष्ठ १ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) की उम्मेद्वार सुनिता डंगोलले फराकिलो अग्रता कायम राखेकी छन् ।

सुरुवाति चरण देखिनै अग्रता बनाएकी डंगोलले आफ्नो प्रतिस्पर्धीलाई निक्कै पर छोडेर अघि बढ्दैछिन् ।

पछिल्लो मत परिणाम अनुसार सुनिताले १७४३ मत ल्याएकी छन् भने उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेद्वार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गरेका छन् ।

रामेश्वरको मत हेर्दा सुनिता उनी भन्दा तेब्बर मतले अगाडि छिन् । 

साथै, राप्रपाकी बिनिता मगैयाले ४१३ मत पाएकी छन् ।