शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित एमाले र २ मा वडाध्यक्षसहित कांग्रेसको प्यानल विजयी

आइतबार, जेष्ठ १ २०७९

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी भएका छन् । 

गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए । 

गोसाईकुण्ड गाउँपालिका २ को वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले,  दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् ।