बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा यस्तो छ पछिल्लो मतपरिणाम

आइतबार, जेष्ठ १ २०७९

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा पाँच दलीय गठबन्धकी उम्मेदवार दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएकी छन् ।