काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् ।
पछिल्लो विवरण अनुसार १७० भोटको गणना सकिएको छ । जसमा बालेन शाहले ५९ मत ल्याएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा एमालेका केशव स्थापित छन्, उनले २२ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । उनलाई गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पच्छ्याई रहेका छन् ।
दुवै वडाको अहिलेसम्म १७० भोट गणना हुँदा सुनिताले ५७ र श्रेष्ठले २३ मत ल्याएका छन् ।