शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित

शनिबार, बैशाख ३१ २०७९

ललितपुर । जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ ।

केही समय अघि मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइन् । केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ थियो  । 

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० (७७ दशमलव ९६ प्रतिशत) मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो ।

हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ ।