चौतारा । हेलम्बु गाउँपालिकामा मतगणना सुरु भएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार अध्यक्ष–उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
मतगणनाको शुरुवाति अवस्थामा अध्यक्षमा कांग्रेसले १७२ पाएको छ भने एमालेले १२० मत पाएको छ। त्यसैगरी उपाध्यक्षमा कांग्रेसले १७४ पाउँदा एमालेले ११९ मत पाएको छ ।