बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुटवल उपमहानगरमा कांग्रेसलाई अग्रता, एमाले तेश्रो

शनिबार, बैशाख ३१ २०७९

बुटवल । बुटवल उपमहानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन् ।

त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त ल्याएका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।