बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दमकमा गठबन्धनलाई पछि पार्दै एमालेकी अधिकारीको अग्रता

शनिबार, बैशाख ३१ २०७९

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा मतगणना सुरु भएको छ ।

झापाको दमक नगरपालिकामा कांग्रेस, माओवादी र राप्रपाको गठबन्धनलाई पछि पार्दै एमालेका मेयर उम्मेदवार गीता अधिकारीले शुरुवाति अग्रता लिएकी छन् ।

३ सय मत गणना हुँदा एमालेबाट मेयरकी उम्मेदवार अधिकारीले १ सय ३९ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार राप्रपाका राम थापाले १२० मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट रेगिना भट्टराईले १ सय ३२ मत ल्याउँदा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् ।