शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ताप्लेजुङको मेरिङदेन वडा नं १ मा एमालेको प्यानलै विजयी

शनिबार, बैशाख ३१ २०७९

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा नेकपा एमाले वडाध्यक्ष सहित वडाका सबै सदस्य पदमा बिजयी भएको छ।

एमाले उम्मेदवार मनोजकुमार तुम्बाहाम्फे ४ सय ५६ मत सहित बिजयी भएका छन्। उनका निकटतम् प्रतिद्धन्दी रुख चिन्ह लिएर चुनावी मैदानमा रहेका ठाकुरसिंह लिम्बूले ३ सय २४ मत प्राप्त गरेका छन्। एमालेका वडाध्यक्षका उम्मेदवार १ सय ३२ मतान्तरले बिजयी भएका छन्।

एकिृकत समाजवादीका लिम्बू गठबन्धन गर्दै रुख चिन्ह लिएर चुनावी मैदानमा थिए। त्यहाँ २ खुुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा समेत एमालेका उम्मेदवार बिजयी भएका छन्।