बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एक जनाको मृत्यु

शनिबार, बैशाख ३१ २०७९

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा माओवादी कार्यकर्ता ३५ वर्षीय सुदिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। झडपको क्रममा घाइते भएका रार्इको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवदी निकट रहेका राईको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दमको बिरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो।