शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नबिना लामामाथिको अतिरञ्जित आरोपप्रति युवा संघले गर्यो भत्र्सना

शुक्रबार, बैशाख ३० २०७९

काभ्रे । नेकपा एमालेकी युवा नेृत एवं संघीय सांसद नबिना लामामाथि गरिएको अतिरञ्जित मिथ्या आरोप्रति राष्ट्रिय युवा संघ चौरिदेउरालीले भत्र्सना गरेको छ ।

नेतृ लामा एमालेका उम्मेदवारलाई भेट्न जाने क्रममा उनीमाथि पैसा बाँढेको आरोप लगाएर भ्रामक समाचार र  मिथ्यालाई नक्कली फेसबुक अकाउन्टबाट संप्रेशित भएको भन्दै युवा संघले विज्ञप्ति मार्फत भत्र्सना गरेको हो ।

चौरिदेउराली युवा संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘माननीय नबिना लामा नेकपा एमालेका उमेदवारलाई भेट्न जाने क्रममा एउटा निर्वाचनबाट तर्सिएकाबाट भएको यसघटनालाई गम्भीर रुपमा लिएका छौं। यस्ता निकृष्ट क्रियाकलापमा उत्रिनेहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन प्रशासनलाई  गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

लामाले उक्त आरोपको प्रतिवाद गरेकी छिन् ।

आज विहान उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेकी छिन्– ‘मप्रति जुन खालको कुप्रचार गरेको छ यो अत प्रतिशत गलत हो ।’

साथै युवा संघले केही  ब्यक्तिको फेसबुक पोस्ट र कुनै अनाधिकृत अकाउन्टबाट पैसा बाढेको हवाला दिएर अतिरज्जित गरिएको भ्रामक समाचार र मिथ्या सूचना दिएकोप्रति भर्त्सना समेत गरेको छ ।

Capture.PNG