काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् ।
नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका २१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट खसालेकी हुन् ।
मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन उनले आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।