बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे पर्वत मोदीको पशुपति केन्द्रबाट मतदान

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन्। 

उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए ।

सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।