चितवन । चितवन भरतपुर मेयरका उम्मेदवारहरु विजय सुवेदी र रेण दाहालले मतदान गरेका छन् ।
एमालेका तर्फबाट मेयर पदका लागि सुवेदीले उम्मेददवारी दिएका छन् । उनले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरे।
यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी रेणु दाहालले पनि मतदान गरेकी छिन् । उनले भरतपुर१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरिन् ।
उनका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।