शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

शुक्रबार, बैशाख ३० २०७९

भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् ।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरे । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए।

उनले  आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे  । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।