बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनीका शीर्ष नेताहरुले गरे आ–आफ्नो केन्द्रबाट मतदान 

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौं । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आ–आफ्नो गृहजिल्लाबाट मतदान गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो ।’

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आ–आफ्नो गृहजिल्लाबाट मतदान गरेका छन् ।

विगत केही दिनदेखि गृहजिल्लामा खटिएका नेताहरुले आफ्नो मतदाता रहेको मतदानस्थलमा मतदान गरेका हुन् । रुपन्देही गृहजिल्ला भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गरेका छन् । 

त्यस्तै, गृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गरेका छन् ।

त्यस्तै, एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गरेका छन् । एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

त्यस्तै, एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घा रजस्थल माविबाट मतदान गरेका छन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गरेका छन् ।