शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

शुक्रबार, बैशाख ३० २०७९

धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका १ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

 दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।