बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काभ्रेको चौंरीदेउरालीको कार्तिक देउरालीमा मतदान सुरु

शुक्रबार, बैशाख ३० २०७९

काभ्रे । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर ६ अन्तर्गतको कार्तिक देउरालीमतदान केन्द्रमा मतदान सुरु भएको छ ।

मतदान विहान ७ बजेदेखि सुरु भएको हो ।

यस मतदान केन्द्रबाट पहिलो मत शिक्षक चुणाप्रसाद चौंलागाईले खसालेका छन् । स्थानीय वुद्धिजिविका रुपमा परिचित चौंलागाई लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् ।

मत खसाल्न स्थानीयहरु लामवद्ध छन् । मतदानका लागि मतदाता उत्साहितरुपमा लामबद्ध बनेका छन् ।

हर्षउल्लासका साथ उनीहरु मतदान स्थलमा आउने क्रम जारी छ । मतदान बेलुका ५ बजेसम्म हुने छ ।