शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मदिराको मातमा मतदान अधिकृत कुट्ने प्रहरीको जागिर चैट

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौँ l जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ । 

इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको हो ।

बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई भट्ट पक्राउ परेका थिए। 

भट्ट धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका थिए । राति मदिरा सेवन गरेर हतियार देखाई स्थानीयमाथि कुटपिट गर्न थालेपछि अन्य प्रहरी र म्यादी प्रहरीले भट्टलाई नियन्त्रणमा लिई निर्वाचन कर्मचारीको निवासमा पुर्याएका थिए । 

त्यहाँ पनि उनले निर्वाचनका अधिकारीमाथि हातपात गरेको आरोप लागेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भट्टलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही हुने पर्दाफासलाई जानकारी दिए । 

‘मदिरा सेवा गरेर स्थानीयलगायत माथि कुटपिट गरेको आरोपपछि नियन्त्रणमा लिएका छौं । मेडिकल लगायत जाँच पनि भइसकेको छ । विभागीय नीतिभन्दा बाहिर गएर अनुशासनविपरीत गतिविधि गरेकाले कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।