शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रामचन्द्र पौडेलको अपिल: सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

बिहिबार, बैशाख २९ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । 

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला आज दिउँसो उनले आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् । 

‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् । 

स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ ।