मङ्सिर ५ । विश्वको सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल कम्पनी फेसबुकले नक्कली समाचारहरुलाई मानिसहरुको न्युज फिडबाट हटाउने भएको छ । नक्कली समाचारको कारण धेरैलाई फेसबुकको विषयमा नै नकारात्मक प्रभाव परेको गुनासो आएपछि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो ।
फेसबुकका नक्कली समाचारहरु पहिचानको लागि केही विद्यार्थीहरुले ३६ घण्टाको अनुसन्धान गरेका थिए । उनीहरुको अध्ययनबाट फेसबुकमा रहेका समाचारहरु सत्य हुन् वा होइनन् भन्ने कुरा थाहा पाउनको लागि एक नयाँ योजना ल्याइएको हो ।
अहिले ल्याइएको योजनाअनुसार कुनै समाचार नक्कली हो भन्ने विषयमा चछार जना विद्यार्थीहरुले एक किसिमको एक्सटेन्सन पत्ता लगाएका छन् जसको माध्यमबाट समाचारको स्रोत के हो भनी पुष्टि गरेर मात्र समाचार न्युज फिडमा आउनेछ ।
जसको कारण आगामी दिनमा एक किसिमको लिंकमा अर्को किसिमको समाचार वा सामग्रीहरु खुल्ने समस्या हुँदैन । एजेन्सी