काठमाडौं । श्री एयरलाइन्सको विमान आज काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।
इञ्जिनमा समस्या आएपछि धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
८६ जना यात्रुसहित काठमाडौंबाट धनगढी गइरहेको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौं नै फर्काइको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अब प्राविधिक जाँच गरिने छ ।
प्रतिकात्मक तस्वीर