काठमाडौं । राजधानीबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किनेहरुको भीड लागेको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको हो । आफ्नो स्थानीय तहमा उठेका जनप्रतिनिधिलाई भोट हाल्न जानेहरुले यति बेला काठमाडौं बाहिरिने नाका खचाखच छ । ३० बैशाख शुक्रबारका दिन स्थानीय तहको निर्वाचन हुँदैछ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडौंको सडकमा सवारीको चाप कम भएको छ ।
काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहितत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढिरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् ।
मंगलवार राति १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।