बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने

बुधबार, बैशाख २८ २०७९

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताए ।
मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सवै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको बताए ।