बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावी प्रचार–प्रसारको अन्तिम दिन: गठबन्धन र एमालेले उपत्यका केन्द्रित सभा गर्दै

मंगलबार, बैशाख २७ २०७९

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर विभिन्न पार्टीहरुले देशभर चुनावी सभा गरिरहेको छन् ।

निर्वाचन आयोगले तोकेको चुनावी प्रचारप्रसारको आज अन्तिम दिन हो । आज मध्य रातदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरू पश्चात कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार प्रसार गर्न पाइँदैन।

यही कारण देशैभर आज सबैजसो उम्मेदवारहरु अन्तिम प्रचारमा व्यस्त छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज काठमाडौंमा चुनावी आमसभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ताहरु सहभागी हुने कार्यतालिका रहेको छ ।

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनकेन्द्रित गरेर आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।

यसैगरी सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । ललतिपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।