शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गृहमन्त्रीकै क्षेत्रमा कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

मंगलबार, बैशाख २७ २०७९

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्लामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताबाट आक्रमण भएको छ ।

रुपन्देहीको तिलोत्तमामा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका १६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका छन् । उनको टाउकोको पछाडि गहिरो चोट लागेको छ भने कान छातीमा समेत चोट लागेको छ ।

सोमबार राति साढे ११ बजेतिर एक हुल कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका थिए। घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । 
इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएको बताए ।
अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तिलोत्तमा गृहमन्त्री खाँणको गृहनगर हो ।