शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

मंगलबार, बैशाख २७ २०७९

काठमाडौं । देशभर शक्ति प्रदर्शन गरेको नेकपा एमालेले स्थानीय तहको निर्वाचनको चुनावी प्रचारको अन्तिम दिन काठमाडौंमा सभा गर्ने भएको छ ।

विभिन्न स्थानीय तहमा भएको चुनावी सभामा हजारौं हजारको संख्यामा कार्यकर्ता भेला गराएको एमालेले काठमाडौंमा पनि शक्ति प्रदर्शन गर्न लागेको हो ।

मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले  सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा–वडादेखि आउने जुलुसरर्‍याली सभा स्थल जानेछन् ।