बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महाराजगन्ज नगरपालिकामा उपमेयर पदकी उम्मेदवारको मृत्यु

मंगलबार, बैशाख २७ २०७९

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन ।

गएराति श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ ।

मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।