शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन

मंगलबार, बैशाख २७ २०७९

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । 

नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।
 बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए ।

यसअघि चौधरी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए। चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका थिए उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । 
उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको वलीले बताए ।