काठमाडौँ l नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।
आइतवार धनगढीमा ५ दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिए ।
उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । यो सरकारको लागि पनि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाटै जाने सहमति भयो । सहमति अनुसार उम्मेदवार बनाइएको छ । जो गठबन्धनको आधिकारिक उम्मेदवार छैन भने उम्मेदवारी फिर्ता लिनुस् । बागी उम्मेदवारलाई कुनै पनि हालतमा स्वीकार्य छैन । नलिएको अवस्थामा कडा कारवाही हुनेछ ।’
सभापति देउवाले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।