शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले आज ललितपुरमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

सोमबार, बैशाख २६ २०७९

ललितपुर । नेकपा एमालेले आज ललितपुरमा चुनावी सभा गर्दैछ । उक्त चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो ।

ललितपुर महानगरपालिकामा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक पार्टीहरुले प्रचारप्रसार र प्रतिवद्धता जनाउन देशभर विभिन्न कार्यक्रम गरिहरेका छन् ।

ललितपुरमा सत्तारुढ गठबन्धनको तर्फबाट भने मेयरको उम्मेदवारमा नेपाली काँग्रेसका चिरिबाबु महर्जनले नै दोहोरिएका छन् ।