शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

माहिलो भाइ सेनामा सँधै मरेतुल्य

बिहिबार, बैशाख २२ २०७९

काठमाडौँ l नेपाली सेनामा अचम्मको चलन छ, आफूपछिको हाकिमलाई लक्ष्मणरेखा कोरेर पर राख्ने ! पूर्णचन्द्र थापाको कार्यकालमा आफूमाथि जासुसी भएको गुनासो गर्ने प्रभुराम शर्मा अहिले प्रधानसेनापति छन् ।

जसरी आफू पूर्णचन्द्रको पालामा दूराभावमा परे, उनले पनि आफूपछिका हाकिम, अर्थात् भिसिओएस (भाइस चिफ अफ आर्मी स्टाफ) लाई टाढा राखेको गुनासो छ । हाकिम बिरामी पर्दा कोभीडको भीडमा आयोजित कार्यक्रममा सलामी थाप्न गएर संस्थाको इज्जत धानिदिनुपर्ने प्रधानसेनापतिपछिका लेफ्टिनेन्ट जर्नेल हुन्, बालकृष्ण कार्की र उनीपछि छन् सरोजप्रताप राणा ।

प्रधानसेनापतिले सम्हाल्ने जिम्मेवारीपछिका काम दोस्रो र तेस्रो हैसियतका हाकिमले हेर्ने हो । दोस्रो वरियताका जर्नेलसँग प्रधानसेनापतिलाई जति विषयमा जानकारी हुनुपर्छ, उति नै समन्वय, सूचना र उस्तै विश्वास हुनुपर्ने हो । तर, त्यस्तो छैन ।

सोझा बालकृष्णसँग केही पनि सूचना हुँदैन भन्ने त हैन, तर पर्याप्त जानकारी उनीकहाँ पु¥याइँदैन । यस्तै, हालत पहिले शरद गिरीको पनि थियो । कटवाल र कुलबहादुरबीचको काटाकाट त जगजाहेरै छ ।

सैनिक नेतृत्वलाई संगठनप्रति अझ बढी उत्तरदायी बनाउन र समग्र राष्ट्रिय सुरक्षा व्यवस्थापनमा सवल भूमिका निर्वाह गर्नका निम्ति यसको शैलीगत पुनःसंरचना गरिएको छ । त्यसअनुसार, अपरेशन, इन्टेलिजेन्स र तालिमका हिसाबले जर्नेलहरूबीच जिम्मेवारी वर्गीकृत हुनुपथ्र्यो ।

प्रधानसेनापति आफैं पूर्णचन्द्रले ल्याएको पुनःसंरचना गलत भयो भन्ने निश्कर्षमा पुगेका छन् । उनी सेनामा कायम गरिएको ‘थ्री प्लस वन’ अर्थात् तीन जोड एकको कमाण्ड अवधारणालाई गलत भन्दै पुरानै संरचनामा फर्किनुपर्छ भन्ने मान्यता राख्छन् ।

तर, गल्ती सुधार्न गरेका पनि केही हैनन् । प्रधानसेनापतिले चाहँदा गर्न नसक्ने कुनै काम हुँदैन । तर, ‘यो ठीक भएन’ पनि भन्ने तर ‘ठीक’ पार्न केही नगर्ने प्रवृत्ति छ ।

भदौ २५ गते कार्यकाल सम्हालेका प्रभुरामले आठ महिनाको बीचमा कुनै नवीनताको आभाष दिन सकेका छैनन् भनिन्छ । गर्नेले बहाली भएको २०–२२ दिनमै अनेक गरिसक्छन् । जस्तो कि, सशस्त्रका आइजी पुष्पराम केसी ।

उनले पूर्वआइजी शैलेन्द्र खनालले विभिन्न बिचौलियादेखि नेताकहाँ पठाएका फजुल जनशक्ति भटाभट फिर्ता गरिसकेका छन् । नदेखिने गरी त्यस्तो सुविधा सेनाले पनि बाँडेको छ । तर, व्यक्ति आयो गयो– फास्सफुस्स । जनआस्थाबाट